डिशहोमको ‘खुसीको उडान’ योजना, बैंकक जान पाइने

काठमाडौं । डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरूलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना सुरु गरेको छ । आफ्ना सक्रिय ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको हो ।

यस योजनाले हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्ने डिश होमले जनाएको छ ।

यस योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई जोडीले बैंककको भ्रमण गर्न सक्नेछन् ।

लक्की ड्रमा सहभागिता जनाउनुलाई ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नुपर्नेछ । साथै ई–वालेट एप र रिचार्ज कार्डहरूबाट रिचार्ज गरेर पनि ग्राहकहरू यस योजनामा सहभागी हुन सक्नेछन् । लक्की ड्रको घोषणा हरेक बिहीबार हुने डिशहोमले जनाएको छ ।

लक्की ड्रको विजेताहरूको घोषणा ग्राहकहरुको सेटअप बक्समा भएको सीएएस आइडीको आधारमा गरिनेछ । लक्की ड्रको सुरुवात चैत २६ देखि हुनेछ भने डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरूमा हरेक बिहीबार पाँच बजे प्रत्यक्ष प्रसारण पनि गरिने डिशहोमले जनाएको छ ।

प्रतिक्रिया