पाण्डे र भुसालमाथि भद्दा मजाक भयो : भट्टराई

काठमाडौं । विपक्षी एमालेका नेता योगेशकुमार भट्टराईले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि भद्दा मजाक भएको बताएका छन् ।

बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले पाण्डे र भुसाललाई ६ महिनाका लागि पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि नेता भट्टराईले यस्तो बताएका हुन् ।

‘कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक भएको छ,’ नेता भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन् ।

नेता भट्टराईले नैतिकवान्हरुमाथि कारबाही हुने गरेको पनि बताएका छन् । ‘मूर्ख भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् ।’

प्रतिक्रिया