मुक्तिनाथ बैंकद्वारा अटो रिक्सामा पनि क्यूआर सेवा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको क्यूआर सेवा अटो रिक्सामा पनि सुरु भएको छ ।

गोपिगञ्ज, टाँडी, धनकुटा र काँकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइनमा नै भुक्तानी गर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुवैले लाभ लिन सक्ने बैंकले जनाएको छ ।

यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडाबापतको रकम रिक्सामा भएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरूले अटो रिक्साका चालकहरूलाई आवश्यक प्रशिक्षण समेत गरेका थिए ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएम बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया