पाण्डे र भुसाल पनि पार्टीबाट निलम्बित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि पार्टीबाट ६ महिनाका लागि निलम्बित भएका छन् । उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बित गरेका हुन् ।

सत्तापक्षीय एमालेले विपक्षी एमालेका ४ नेतालाई स्पष्टीकरण सोधेको थियो । जसमा स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टी अध्यक्ष ओलीले द्वयनेता माधवकुमार नेपाल र भीम रावललाई यसअघि नै कारबाही गरेका थिए । जसमा पाण्डे र भुसाललाई भने दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको भन्दै कारबाही गरिएको हो ।

प्रतिक्रिया