सरकारलाई दिएको समर्थनबारे माओवादी अनिर्णित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सरकारलाई आफूले दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा निष्कर्षमा पुग्न सकेको छैन ।

बिहीबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा सो विषयबारे छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको नेता लीलामणि पोखरेलले मकालु खबरलाई जानकारी दिए । ‘आजको बैठकमा समर्थन फिर्ता लिने कि नलिने भन्नेबारेमा छलफल भयो,’ नेता पोखरेलले भनेका छन्, ‘तर, निर्णयमा पुगिसकेका छैनौँ ।’

सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी ब्युँतिएपछि दुई पार्टी भइसकेको अवस्थामा ओली नेतृत्वको सरकारलाई आफूहरुको समर्थन नरहेको नेता पोखरेलले बताएका छन् । यद्यपि केही प्राविधिक विषय बाँकी रहेकाले पत्रै पठाएर समर्थन फिर्ताको निर्णय मात्रै नगरेको उनको भनाइ छ ।

प्रतिक्रिया