बागमतीमा एमाले एकै ठाउँमा, अष्टलक्ष्मी भन्छिन्– पार्टी एकता जोगाउन यो गर्‍यौँ

काठमाडौं । बागमती प्रदेशमा ‘डबल’ एमाले एकै ठाउँमा उभिएका छन् । मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएपछि विपक्षी एमाले पनि सत्तापक्षीय एमालेसँगै उभिएको हो ।

विपक्षी एमाले प्रदेश संसदीय दलमा सहभागी भएको हो । बैठकले विधान मस्यौदा कार्यदलसमेत गठन गरेको छ । विपक्षी एमाले नेतृ अष्टलक्ष्मी शाक्यले मकालु खबरलाई दिएको जानकारीअनुसार गठित कार्यदलमा प्रमुख सचेतक केशव पाण्डे, नारायण सिलवाल र उर्मिला कर्माचार्य सदस्य छन् ।

यसैबीच नेतृ शाक्यले आफूहरु पार्टी एकता जोगाउन लागिपरेको बताएकी छन् । ‘हिजो नेकपामा हुँदा हामीले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थियौँ,’ शाक्यले भनिन्, ‘तर, सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी ब्युँतिएपछि हामी एमालेमा फर्कियौँ । र, यसको ध्येय भनेको चाहिँ पार्टी एकता जोगाउनु नै हो ।’

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि दुई फ्याक भएको साविक नेकपामा ओली र नेपाल खेमा छुट्टिएका थिए । सोहीताका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दताए भएको थियो ।

प्रतिक्रिया