म्यानमार सैन्य ‘कू’विरुद्ध नेपाली संसद्मा भर्त्सना

काठमाडौं । म्यान्मार सैन्य ‘कू’ को सन्दर्भ नेपाली संसद्मा प्रवेश गरेको छ । बुधबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले सैन्य कूविरुद्ध आवाज उठाएका हुन् ।

बैठकको शून्य समयमा बोलेका नेपाली कांग्रेसका सांसद बालकृष्ण खांणले भने, ‘म मेरो व्यक्तिगत तर्फबाट र पार्टीको तर्फबाट उक्त कूविरुद्ध घोर भर्त्सना गर्दर्छु । विश्वव्यापी दबाब बढाउनुपरेको छ ।’ यस्तै अर्का नेता राजेन्द्र केसीले पनि कूविरुद्ध दबाब बढाउनुपर्ने बताए । ‘यस्तै नरसंहारविरुद्ध सबैले आ–आफ्नो तर्फबाट आवाज उठाउनुपर्छ । घोर भर्त्सना गर्दछौँ,’ नेता केसी भनेका छन् ।

यसअघि आजै अनेरास्ववियु क्रान्तिकारीले पनि म्यान्मार राजदूतावासअगाडि प्रदर्शन गरेको थियो । म्यान्मारमा अहिले शासन सत्ता सेनाले आफ्नो पक्षमा लिएर एक वर्षको लागि संकटकाल घोषणा गरेको छ । संकटकालको नागरिक अवज्ञा बढ्न थालेको छ । यसक्रममा त्यहाँ धेरै सयौं नागरिकहरुको हत्या भइसकेको छ ।

प्रतिक्रिया