यथास्थितिमा ओलीसँग मिल्न सकिँदैन : शाक्य

काठमाडौं । विपक्षी एमाले नेतृ अष्टलक्ष्मी शाक्यले यथास्थितिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान नसकिने बताएकी छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएपछि मकालु खबरसँग कुराकानी गर्दै नेतृ शाक्यले यस्तो बताएकी हुन् । ‘यही अवस्थामा केपी ओलीसँग एक भएर अगाडि जान सकिँदैन,’ शाक्यले भनिन्, ‘यथास्थितिमा हामी मिल्दैनौँ ।’

अध्यक्ष ओलीले पार्टीको विधानलाई मिच्दै अगाडि बढेको पनि नेतृ शाक्यको आरोप छ । ‘केपी ओलीजस्तो विधान मिचाहासँग एक हुने कुरै हुँदैन,’ शाक्यले भनिन्, ‘हामी सबै मिलेर बनाएको पार्टीलाई एकलौटी ढङ्गले चलाउन खोज्नेसँग कसरी एक हुन सकिन्छ ? केपी ओलीलाई त लोकतन्त्रै मन पर्दैन । संघीयता नै मन पर्दैन ।’

आफूहरु कम्युनिष्ट आन्दोलनको पक्षमा रहेको भन्दै शाक्यले भनिन्, ‘उहाँ (ओली) कम्युनिष्ट आन्दोलनको लागि सुहाउँदो नेता नै होइन । लोकतन्त्रको लागि सुहाउने नेता नै पनि होइनन् ।’

प्रतिक्रिया