डढेलाे निभाउन जाँदा भीरबाट लडेर मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भीरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा राक्सिराङ-६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार प्रजाको मंगलबार राति जङ्गलको आगो निभाउन जाँदा स्थानीय सिलिङ्चेमा भीरबाट लडेर मृत्यु भएको हो ।

मृतक प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक प्रजा स्थानीय वडाध्यक्ष सिंहबहादुर प्रजाको बाबु रहेको बुझिएको छ ।

प्रतिक्रिया