रोनाल्डो र जोटाको गोलमा पोर्चुगलको जित

काठमाडौँ । युरोपको विश्वकप फुटल छनौट अन्तर्गत पोर्चुगलले लक्जेम्बर्गलाई पराजित गरेको छ । गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

लक्जेम्बर्गले खेलको ३०औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएपनि पोर्चुगलले कमब्याक गर्दै जित हासिल गरेको थियो । पोर्चुगलको जितमा डिओगो जोटा, क्रिस्टियानो रोनाल्डो र जोआओ पल्हिन्हाले एक-एक गोल गरेका थिए भने लेजेम्बर्गका लागि गेर्सन रोड्रीगेजले एक गोल गरेका थिए ।

यो जितपछि पोर्चुगल समुह ए मा ३ खेलमा ७ अंक हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको छ भने लक्जेम्बर्गको २ खेलमा ३ अंक रहेको छ । त्यस्तै समुह ए मा सर्बिया ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया