विश्वकप छनौट: मंगोलियाको पोष्टमा जापानको १४ गोल

काठमाडौं । विश्वकपका लागि जारी एसिया छनौट अन्तर्गत जापानले मंगोलियामाथि फराकिलो जित दर्ता गरेको छ । विश्वकप छनौटको मंगलबारको खेलमा जापानले मंगोलियालाई १४-० गोल अन्तरले पराजित गरेको हो ।

फिफा विश्वकप छनौट अन्तर्गत एसियाको छनौटको खेलमा जापानले फराकिलो जित निकालेको हो । मंगोलियामाथिको जितसँगै समूह एफको जापानले ५ खेलमा १५ अंक जोडेको छ । शीर्ष स्थानको जापानले पाँच खेलमा शतप्रतिशत जित निकालेको छ ।

प्रतिक्रिया