प्रतिनिधि सभा बैठक: शोक प्रस्तावबाहेक छैन ‘बिजनेस’

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

मंगलबार संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा केही वार्षिक प्रतिवेदन पेस र शोक प्रस्ताव पेस गर्ने तयारी छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

बैठकमा विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी र पहिलो संविधानसभाका सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची छ ।

सरकारले बिजनेस नदिएका कारण सदनमा हुने नियमित गतिविधि सञ्चालन हुन सकेको छैन् । संसद्लाई ‘बिजनेस’ दिन सरकार सकारात्मक नदेखिएको सभामुखको सचिवालय बताउँछ ।

हेर्नुहोस् सम्भावित कार्यसूची :-

प्रतिक्रिया