काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता घनश्याम भुसाललाई महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणपत्र जवाफयोग्य नभएको बताएका छन् ।
गत चैत ८ मा आफूलाई सोधिएको स्पष्टीकरणको प्रतिवाद गर्दै नेता भुसालले उक्त स्पष्टीकरणपत्र जवाफयोग्य नभएको बताएका हुन् ।
स्पष्टीकरण दिँदै नेता भुसालले भनेका छन,‘तपाईंले पठाउनुभएको मिथ्या पत्रको बारेमा स्पष्टीकरण दिनुपर्ने त हुँदै होइन । कुनै उत्तर समेत लेख्न जरुरी छैन ।’
नेता भुसालले आफूलाई सोधिएको स्पष्टीकरणको प्रक्रियालाई नक्कली प्रक्रिया र प्रमाणका आधारमा कसैविरुद्ध सुनियोजित रुपले लक्षित गरिएको ‘कंगारू अदालत न्याय प्रक्रिया’को संज्ञासमेत दिएका छन् ।