केपी ओली गुटको अध्यक्ष हो, कारबाहीको औचित्य छैन : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीको कुनै औचित्य नरहेको बताएका छन् ।

अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई पार्टी सदस्यलाई ६ महिनाको लागि निलम्बन गरेका छन् । सोही कारबाहीको सन्दर्भमा नेता नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

नेता नेपाललाई उद्धृत गर्दै उनका स्वकीय सचिव मोहन गौतमले भने, ‘केपी ओलीको कारबाहीको कुनै औचित्य छैन,’ गौतमले भने, ‘केपी ओली अध्यक्ष नै होइन । उहाँ एउटा गुटको अध्यक्ष मात्रै हो ।’

प्रतिक्रिया