काठमाडौं र ललितपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं मेडिकल कलेजले काठमाडौं र ललितपुर जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दुवै शिविरमा गरी १ हजार ८ सय ८१ जनाको निःशुल्क उपचार गरिएको केएमसीले जनाएको छ ।

काठमाडौंको बानेश्वरमा सञ्चालित शिविरमा ९७४ जना र ललितपुरको बुङ्गमती स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा ८७७ जनाले निःशुल्क उपचार सेवा पाएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

बुङ्गमतीको शिविरमा २०१ जनाको ल्याब टेस्ट, १६३ जनाको इसिजी र १२२ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, बानेश्वरको शिविरमा १९८ जनाको ल्याब टेस्ट, १५५ जनाको भिडियो एक्सरे र १३० जनाको इसीजी गरिएको छ । केएमसीले पछिल्लो समय बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया