प्रदेश १ : माओवादी केन्द्रको संसदीय दलको नेतामा ईन्द्र आङ्बो

विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले टंक आङ्बोहाङलाई दलको नेताबाट हटाउँदै ईन्द्र आङ्बोलाई दलको नेतामा चयन गरेको छ ।

सोमबार विराटनगरमा बसेको संसदीय दलको बैठकले आङ्बोहाङलाई आफ्नो अवस्थाबारे जानकारी दिन २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ । योसँगै बैठकले अन्य पदाधिकारी समेत चयन गरेको छ । बैठकले दलको उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झापाका झलकसिंह दर्लामी र सचेतकमा सौभाग्यवती राईलाई तोकेको दलका नेता आङबोले बताए ।

प्रदेश १ मा नेकपा माओवादी केन्द्रको १६ जना सांसद छन्‚ तीमध्ये बैठकमा दुईजना अनुपस्थित थिए । आङ्बोले मुख्यमन्त्री राईले हतारमा मन्त्रीपरिषद् विस्तार गरेको समेत टिप्पणी गरेका छन् । अविश्वास प्रस्तावको विषय कानुनी रुपमा नटुंगिएको अवस्थामा मन्त्रीपरिषद विस्तारलाई उनले हतारको निर्णय भएको बताएका हुन् ।

अविश्वास प्रस्तावको सन्दर्भमा अब कसरी अघि बढ्ने भन्नेबारे सो प्रस्तावको पक्षमा रहेका एमालेका सांसदहरुसँग पनि छलफल भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया