स्वेज नहरमा अड्किएको कन्टेनरबाहक जहाज हटाइयो

इजिप्ट। इजिप्टको स्वेज नहरमा अड्किएको कन्टेनर बाहक विशाल पानीजहाज ‘इभर ग्रिन’लाई सार्न इन्जिनियरहरु सफल भएका छन् । जहाललाई जहरको मूल प्रवाहमा सारिएपछि अवरोध भएको जलमार्ग खुलेको छ । १० वटा टगबोट प्रयोग गरी इभर ग्रिनलाई सोझो बनाइएको बताइएको छ । गएराति जहाज धस्सिएको ठाउँको वरिपरिको माटो निकाल्न ड्रेजरहरु प्रयोग गरिएका थिए ।

तिनीहरुले करिब २७ हजार घनमिटर बालुवा र माटो हटाएका थिए । जहाजको सञ्चालक शोई किसेन कैसा लिमिटेडले जहाजमा कुनै क्षति नपुगेको र इन्जिनले राम्रोसँग काम गरिरहेको जनाएको छ। पनामाको झण्डा राखेको तर जापानीको स्वामित्वमा रहेको यस जहाजले एसियाबाट युरोपका लागि सामान लैजाँदै थियो। तैपनि, नहरको जलक्षेत्र कहिले खुल्छ भन्ने स्पष्ट भइसकेको छैन।

६ दिनअघि उक्त मार्गमा अड्किएको जहाजका कारण कुल विश्व व्यापारको १२ प्रतिशत व्यापार रोकिएको थियो । कच्चातेल देखि धेरै चिजको ढुवानी रोकिएको थियो । यस नहर भएर दैनिक ओहोरदोहोर गर्ने कम्तीमा ३ सय ६७ पानीजहाज रोकिएका थिए ।

यो मार्ग प्रयोग नगरेको अवस्थामा जहाजहरुले अफ्रिकी महादेशको घुमाउरो मार्ग हुँदै अर्थात् करिब ५ हजार किलोमिटर दूरी यात्रा गर्नु पर्दछ। विशाल पानीजहाज एभर ग्रिन करिब ४०० मिटर लामो छ भने यो दुई लाख २० हजार टन वजनको छ। यस जहाजलाई जलक्षेत्रमा पुनः फर्काउन जहाजमा रहेका करिब २० हजार कन्टेनर झिक्नु परेको थियो।

प्रतिक्रिया