मंगलबारदेखि ४ दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । मंगलबार (भोलि)देखि देशभरका सबै शैक्षिक संस्था बन्द हुने भएको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
गत शुक्रबारदेखि खासगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषणको मात्रा बढ्दो छ ।

प्रतिक्रिया