अब काठमाडौंबासीका घर-घरमा मेलम्ची, यस्तो छ वितरण तालिका

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकाको घरघरमा वितरण भएको छ । सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउन योग्य बनाएर महाकाँलचौरस्थित पानी पोखरीबाट वितरण गरिएको हो ।

आइतबार दिउँसो महाँकालचौरबाट चाबहिल, बत्तीसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको थियो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गर्ने भएको हो ।

पहिलो चरणका आइतबार चार करोड लिटर पानी वितरण गरेको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गर्ने छ । तेस्रो चरणमा बाँसबारी र महाराजगन्जको पानी पोखरीसमेत गरी ८.५ करोड लिटर वितरण हुनेछ ।

यस्ताे छ वितरण तालिका :-

प्रतिक्रिया