डोरमणि पौडेलले बोलाए संसदीय दलको बैठक

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभा संसदीय दलको बैठक बोलाएका छन् । मुख्यमन्त्री पौडेलले चैत १८ गतेका लागि बैठक बोलाएका हुन् । बैठकबाट मुख्यमन्त्री पौडेलले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन एमालेको नेपाल समूहलाई निर्देशन दिने बताइएको छ ।

मुख्यमन्त्री पौडेलविरुद्ध एमालेकै सांसदहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने बताएका छन् ।

नेपाल समूहको संसदीयको बैठकले यसअघि पौडेललाई संसदीय दलको नेताबाट हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरेको थियो ।

प्रतिक्रिया