सकियो ‘चिसो मान्छे’ छायाङ्कन

काठमाडौँ । चलचित्र ‘चिसो मान्छे’ को छायाङ्कन सकिएको छ । बाजुरामा चलचित्रका मुख्य कलाकार अर्पण थापा र स्वस्तिमा खड्काको दृश्य कैद गर्दै चलचित्रको इन्ड क्ल्याप गरिएको हो ।

दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रको छायाङ्कन करिब एक महिनामा सकिएको हो । शर्मिला पाण्डेको निर्माणमा तयार भएको चलचित्रमा छायाङ्कन समेत खनाल कै रहेको छ ।

चलचित्रमा देशभक्त खनाल, अशान्त शर्मा, झकेन बिसी लगायतका कलाकारको समेत अभिनय रहेको छ । सुभाष भुसालको सङ्गीत रहेको चलचित्रको कुनै पनि सिङ घाममा खिचिएको छैन ।

चलचित्र भदौको ११ गतेबाट प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया