घटेन काठमाडौंको आकाशको तुवाँलो (तस्बिर/भिडिओ)

काठमाडौं । गत शुक्रबारदेखि काठमाडौं उपत्यकाको आकाशमा एक्कासी देखिएको बाक्लो तुवाँलो अझै केही दिनसम्म स्थिर रहने मौसमविद्हरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभागकाअनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारण यस्तो प्रदूषण देखिएको हो ।

स्थिर वायुमण्डल अझै दुई–तीन दिनसम्म सुधार नहुने मौसमविद्हरुको भनाइ छ । मौसमविद् विभूति पोखरेलले भनिन्– अझै दुई–दिनसम्म मौसम सफा हुने सम्भावना कम छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री र अधिकतम तापक्रम २६ दशमलब ४ डिग्री सेल्सियस रहेको छ । भिडिओः–

प्रतिक्रिया