पञ्चकन्या फाउण्डेशन र अजिसबीच नीतिगत सम्झौता

काठमाडौं । पञ्चकन्या फाउण्डेसन र अजिस बिच नीतिगत समझौता भएको छ । पञ्चकन्या फाउण्डेसन सामाजिक क्रियाकलापमा सहभागी हुने एउटा संस्था हो, जुन पञ्चकन्या ग्रुपअन्तर्गत निर्माण सामग्रीहरुको उत्पादन तथा विभिन्न व्यापारिक क्षेत्रमा सन् १९७२ देखिनै अग्रणी रुपमा रहदै आएको फाउण्डेशनले जनाएको छ ।

अजिस पनि एउटा सामाजिक क्षेत्रमा पाको उमेरका मानिसहरुलाई स्वस्थ तथा सुखमय जीवनयापन गर्नका लागि उनीहरुमा भएको ज्ञान, सीप र अनुभवलाई प्रवर्द्धन गर्न मद्दत पुर्याउने संस्था रहेको फाउण्डेशनको भनाइ छ ।

बृद्धबृद्धाहरुको असाधारण जीवनगाथा र अनुभव उजागर गर्नको लागि उपयुक्त स्थान उपलब्ध गराउने उद्धेश्यले यी दुई संस्था बीचमा मिति २०७७\१२\०८ मा एक सम्झौता भएको जनाएको छ ।

साझेदारीको मुख्य उद्घेश्य युवा पुस्ता र बृद्धबृद्धाहरुबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्रचीन परम्परालाई निरन्तरता दिनको लागि सहयोग पु¥याउनु रहेको फाउण्डेसनको भनाई छ ।

यसको प्रत्येक श्रृङखलाले पाको उमेरका बुढापाकाहरुको असाधारण जीवनगाथा र व्यक्तिगत भोगाई बारेमा भावी पिढीलाई त्यसतर्फ प्रोत्साहित गर्न सहयोग गर्न विश्वास लिएको छ ।

यसको प्रत्येक श्रृङखलाहरु नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको फाउण्डेसनले जनाएको छ ।

प्रतिक्रिया