बसको ठक्करबाट बाबुछोरीसहित ३ जनाको मृत्यु

  • ध्रुवराज खनाल

चितवन । चितवनको भरतपुरमा बसको ठक्करबाट ३ जनाको मृत्यु भएको छ । भरतपुर–२२ पकौडी बजारमा शनिबार साँझ बसले स्कूटरलाई ठक्कर दिँदा बाबुछोरीसहित ३ जनाको मृत्यु भएको हो ।

मृतक तीनै जना एउटै स्कूटरमा सवार थिए । जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नंं.को यात्रुबाहक बसले र विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७०८२ नं.को स्कूटरलाई ठक्कर दिँदा स्कूटरमा सवार तीनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृत्यु हुनेमा भरतपुर ६ का अन्दाजी ४०/४५ वर्षका मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया बिनिसा अधिकारी र मोहनका दाइकी १७ वर्षीया दिविसा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो । चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया