संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्व चयन, अध्यक्षमा बगाले

काठमाडौं । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सन्जीव बगाले निर्वाचित भएका छन् । सेतोपाटी डटकमका बगालेले न्यूज एजेन्सी नेपालकी कृष्णा पौडेललाई पराजित गर्दै अध्यक्षमा चिर्वाचित भएका हुन् ।

बगाले नेतृत्वको नयाँ नेतृतव छनोटका लागि शनिबार काठमाडौंमा निर्वाचन भएको थियो । निर्वाचनमा कूल १ सय ३६ जना सदस्यमा १ सय ३४ जनाले मत दिएका थिए । जसमा बगालेले ७९ मत प्राप्त गरे भने पौडेलले ५५ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा पुरुषतर्फ डीपी उपाध्याय निर्वाचित भएका छन् भने महिलातर्फ तुलसी सापकोटा निर्विरोध भइन् । समाजको महासचिवको जिम्मेवारी विष्णु खड्काले पाए भने सचिवमा जयसिंह महरा निर्वाचित भए । यस्तै कोषाध्यक्षमा सिर्जन घिमिरे निर्विरोध भएकी छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा अंगराज न्यौपाने, किरण दाहाल, आकाश क्षेत्री र शम्भु दंगाल निर्विरोध भएका छन् भने समावेशी सदस्यमा सविता शर्मा र केशव भुल निर्विरोध भए । फोटोका तर्फबाट कार्यसमिति सदस्यमा रोशन सापकोटा निर्विरोध भएका छन् । यस्तै भिडियोबाट अमरदीप श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया