पछिल्लो कोरोना अपडेट : ३ जनाको निधन, ८५ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार ७ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ७५० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ९३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ४३५ पुगेको छ ।

२४ घण्टामा कोरोनाको कारण ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया