भारतमा एकै दिन थपिए ६२ हजार कोरोना संक्रमित

दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा थप ६२ हजार कोरोना संक्रमित थपिएका छन् । हाल भारतमा कोरोनाको सक्रिय संक्रमित संख्या ४.५२ लाख पुगेको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १.१९ करोड पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार महाराष्ट्र सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ २४ घण्टामा ३६ हजार ९०२ जना संक्रमित थपिएका छन् ।

ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघेको जनाएको छ । योसँगै ब्राजिल अर्काै प्रभावित मुलुक बनेको छ । २४ घन्टामा ब्राजिलमा मात्र ३ हजार भन्दा बढीको मृत्यु भएको छ । पूर्वराष्ट्रपति लुलाले मृतक संख्या ३ लाख कटेपछि यसलाई अहिलेसम्मकै ठूलो नरसंहार भएको टिप्पणी गरेका समेत छन् ।

प्रतिक्रिया