नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड

काठमाडौं । नबिल बैंकले ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ ।

मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिटअन्तर्गत पहिलो पटक समावेश गरिएको अवार्ड बैंकले प्राप्त गरेको हो ।

बैंकभित्र रहेको मानव संशाधनलाई बैंकले सन्तुष्ट हुने गरी व्यापक सदुपयोग गरी काममा सहजता ल्याएकाले अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ । कर्मचारीहरुको बैंकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।

कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोही छनौट समितिले नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड दिने निर्णय गरेको हो ।

बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवका आधारमा साथै मानव संशाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।

बैंकको पवर्किङ कल्चर, सेवा सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरू बैंकप्रति सन्तुष्ट रहेका छन् । कोरोना कहरका बीच पनि नबिल बैंकले ७ महिना बराबरको तलब बोनस दिएको थियो ।

बैंकमा १ हजार एक सय २८ भन्दा बढी कर्मचारीहरू स्थायीरुपमा कार्यरत रहेका छन् ।

नबिल बैंकलाई यसअघि बेलायतको प्रतिष्ठित पत्रिका युरोमनीले लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंकको रुपमा पुरस्कृत गरेको थियो ।

यस बैंकको ११९ शाखा, १८५ एटिएम, १५ सयभन्दा बढी रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया