मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

केन्द्रीय सदस्य श्रेष्ठकी आमा भेट्न प्रचण्ड नर्भिकमा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज शुक्रबार नर्भिक अस्पताल पुगेका छन् ।

प्रचण्ड आफ्ना पार्टीका केन्द्रीय सदस्य तथा माओवादी निकट नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र श्रेष्ठकी ८५ वर्षीया आमा रुक्मिणी श्रेष्ठलाई भेट्न थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल पुगेका हुन् ।

दमको समस्याबाट पीडित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी निकट नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र श्रेष्ठकी ८५ वर्षीया आमा रुक्मिणी श्रेष्ठको नर्भिकमा ४ दिनदेखि उपचार भइरहेको छ । उनलाई भेट्न प्रचण्ड नर्भिक पुगेका हुन् ।

नर्भिक पुगेका प्रचण्डले बिरामी आमा, नेता श्रेष्ठ र आफन्तलाई भेटेका थिए । उनले अस्पतालमा १५ मिनेट समय बिताएको माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

कडा सुरक्षा घेराबीच अस्पताल पुगेका प्रचण्डले बिरामी र आफन्तलाई पार्टीको काममा बढी व्यस्त हुन परिरहेको उल्लेख गर्दै आइरहन नभ्याउने भन्दै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

श्रेष्ठको उपचार नर्भिक अस्पतालका चिकित्सक डा. रमेशकुमार चोखानी नेतृत्वको टिमले गरिरहेको छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com