सनराइज ब्लुचिप फण्ड इकाई बाँडफाँट, सयदेखि ३० लाख इकाइसम्म माग गर्ने सबैलाई

काठमाडौं । सनराइज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सनराईज ब्लुचिप फण्ड स्किमका इका बाँडफाँट भएको छ । बिक्री प्रबन्धक कम्पनीका अनुसार १०० कित्ता इकाईदेखि ३० लाख इकाईसम्म माग गर्ने ५३ हजार १ सय ७९ जना आवेदकलाई माग बमोजिम, ५० लाख इकाइ माग गर्ने ४ जना आवेदक ४६ लाख ५ हजार २६ इकाईको दरले वितरण गरेको छ । १ करोड इकाइ माग गर्ने २ आवेदकलाई ४६ लाख ५ हजार २८ इकाईका दरले वितरण गरिएको छ । सर्वसाधारणका लागि १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

प्रतिइकाई १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाईको निष्काशन १ चैतदेखि ८ चैतसम्म गरिएको थियो । उक्त १० करोड कित्ता मध्ये १ करोड ५० लाख कित्ता भने बिज पूँजी वापत कोष प्रवद्र्धक सनराइज बैंक लिमिटेडलाई छुट्टाइएको थियो ।

सर्वसाधारणका लागि खुला गरिएको ८ करोड ५० लाई इकाई खरिदका लागि सर्वसाधारण, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीका ५६ हजार ५८ जना आवेदबाट १२ करोड ३७ लाख ६४ हजार ५ सय ४० इकाईका लागि आवेदन परेको थियो । यी मध्ये ५३ हजार १ सय ४४ जना आवेदकबाट ११ करोड ८६ लाख १९ हजार ८४० इकाई आवेदन स्वीकृत भएको थियो ।

स्वीकृत विवरणपत्रमा भएको व्यवस्था, सामूहिक लगानी कोष निर्देशिका, २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम वितरण गरिएको जनाएको छ ।

कोष प्रवद्र्धक सनराइज बैंक लिमिटेडको १ करोड ८७ लाख ५० हजार इकाई बिज पूँजी समेत गरी जम्मा १२ करोड ५० लाख इकाई सनराईज बैंक लिमिटेडलगायत अन्य प्रतिनिधिको उपस्थितिमा सनराइज क्यापिटल लिमिटडमा बाँडफाँड गरिएको जनाएको छ ।

 

प्रतिक्रिया