सुन सातामा ३ सयले घट्यो, शुक्रबार तोलाको ८६ हजार ३ सय

काठमाडौं । चैत दोस्रो साता सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । आइतबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ८७ हजारमा कारोबार भएको थियो ।

मंगलबार ८६ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य बुधबार भने स्थिर रहेको थियो । बिहीबार ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार भने ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको मूलय ८५ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य भने सातामा ५० रुपैयाँले घटेको छ । आइतबार १ हजार २ सय ८० रुपैयाँ तोला रहेको चाँदी सोमबार १ हजार २ सय ६०, मंगलबार १ हजार २ सय ५०, बुधबार १ हजार २ सय ४०, बिहीबार १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने चाँदीको मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया