‘आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्व फेर्नै पर्छ’

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई शुद्धीकरण, सुदृढीकरण र संस्थागत विकास गर्न नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।

प्रेस युनियन मोरङ शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले कांग्रेसको आगामी १४ औँ महाधिवेशनमा नेतृत्व परिवर्तन हुनैपर्ने बताए ।

नेता सिंहले सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै सरकार आफूलाई शक्तिशाली बनाउन मात्र केन्द्रित रहेको बताए ।

उनले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने सोच बनाई नसकेको भन्दै विधि र प्रक्रिया पूरा गरेर अघि बढ्ने जानकारी दिए ।

प्रतिक्रिया