प्रधानमन्त्रीलाई माधव नेपालको जवाफ- तपाईं प्रचण्डको सबभन्दा ठूलो मतियार (पूर्णपाठसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मतियार भएको संज्ञा दिएका छन् ।

आफूमाथि अध्यक्ष ओलीले तेर्स्याएका १० बुँदे प्रश्नको १३ बुँदामा प्रतिवाद गरेका हुन् ।

उक्त स्पष्टीकरणपत्रको ८ औं बुँदामा नेता नेपालले ओलीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मतियारको संज्ञा दिएका हुन् ।

ओलीले आफूलाई प्रचण्डको मतियार भनेको विषयलाई लिएर उनले पार्टी एकताको पूर्वसन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा ओलीले प्रचण्डसँग गरेका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा ओली नै प्रचण्डको सबभन्दा ठूलो ‘मतियार’ भएको भन्न सकिन्न र ? भन्ने प्रश्न गर्दै यस्तो दृष्टिकोण आफूमा भने नरहेको स्पष्ट पारेका छन् ।

‘गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई एकताबद्ध भएर जाने कार्यमा पार्टी अध्यक्षको हैसियतले पहल गर्नु तपाईको कर्तव्य थियो कि थिएन ?’ स्पष्टीकरणपत्रमा नेता नेपालले ओलीमाथि नै प्रतिप्रश्न गरेका छन् ।

पूर्णपाठ:

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977066414″ /]

प्रतिक्रिया