एसबिआई बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिड कार्डबाहक ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो। रिजवान आलम तथा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीकाका निर्देशक प्रभाकर खड्काबीच सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपिराज पन्त तथा व्यवसाय प्रवर्द्धन शाखाका प्रविन मुनी बज्राचार्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया