एमाले मुख्यालय थापाथलीमा सर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको पार्टी कार्यालय थापाथलीमा सर्ने भएको छ ।

काठमाडौंको धुम्बाराहीमा रहेको कार्यालय बैशाख १ गतेबाट थापाथलीमा सर्ने भएको एमालेले जनाएको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पार्टीको नयाँ कार्यालय भवनको निरीक्षण गरेका छन् ।

सेन्ट जेभियर्स कलेज नजिकै रहेको निजी घर पाँच वर्षका लागि लिजमा लिएर कार्यालय सार्न लागिएको हो ।

धुम्बाराहीमा रहेको कार्यालय खाली गर्न पासाङ ल्हामू स्मृति प्रतिष्ठानले आग्रह गरेपछि पार्टी कार्यालय थापाथली सर्ने भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया