नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आइकार्ड’

काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले ‘यूएस डलर नबिल आइकार्ड’ ल्याएको छ ।

यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्डमार्फत वार्षिक अधिकतम पाँच सय अमेरिकी डलर बराबरको इकमर्स साइट्समार्फत अनलाइन सपिङ गरी विश्वभर (भारत बाहेक) भुक्तानी गर्न सक्नेछन् ।

सो कार्ड लिनको लागि ग्राहकहरुको खातासँगै प्यान नम्बर पनि अनिवार्य रुपमा हुनुपर्नेछ । ग्राहकले एकैपटक वा पटक-पटक गरी एक वर्षमा पाँच सय अमेरिकी डलर बराबरको परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्ने बैंकले जनाएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकूल सेवा प्रदान गर्दै आएको यस बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेका छन् ।

प्रतिक्रिया