‘आइएमई पे’ एपबाट सबै क्यूआर स्क्यान गर्न मिल्ने

काठमाडौं । आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आइएमई पे क्यूआर सेवाग्राहीहरूले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने आइएमई पेले जनाएको छ ।

सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एकमात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो ।

नेपालमा क्यूआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्ष्यमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसाथ् गरी उक्त अभियानमा सहभागी हुँदै आएको आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास लिइएको छ ।

आइएमई पे ’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

प्रतिक्रिया