नेपाल बंगलादेश बैंक र नेपाल सुनचाँदी व्यवसायी महासंघबीच सम्झौता

काठमाण्डौं । नेपाल बंगलादेश बैंक लिमिटेड र सुनचाँदी व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघबीच बैंकिङ साझेदारी सम्झौता भएको छ ।

उक्त सम्झौतामा नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा नेपाल सुनचाँदी व्यवसायी महासंघको तर्फबाट महासंघका अध्यक्ष माणिक रत्न शाक्यले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

उक्त सम्झौताअनुसार महासंघसँग आवद्ध सुन व्यसायीहरूले नेपाल बंगलादेश बैंक लिमिटेडका नेपालभरिका शाखाहरूबाट विभिन्न बैंकिङ सुविधाहरू प्राप्त गर्न सक्ने जनाइएको छ ।

साथै नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने नीतिलाई सफल बनाउने उद्देश्यले सुनचाँदी पसलहरूमा खरीदकर्ताहरुले नेपाल बंगलादेश बैंकको क्यूआर कोडमार्फत् भुक्तानी गर्न सक्ने जनाइएको छ ।

साथै नेपाल अधिराज्यभरीका महासंघसँग आवद्ध महिला तथा दलित समुदायद्वारा संचालित सुनचाँदी व्यवसायीले नेपाल बंगलादेश बैंक लिमिटेडबाट सहुलियतपूर्ण ‘महिला उद्यमशील कर्जा’ तथा ‘दलित समुदाय व्यवसाय विकास कर्जा’ पनि प्राप्त गर्न सक्नेछन् ।

हाल नेपाल बंगलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया