सिटिजन्स बैंकका ग्राहकलाई अलिव कबाव सुलतानेट रेस्टुरेन्टमा विशेष छुट

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले अलिव कबाव सुलतानेट रेस्टुरेन्टमा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टङ्गालस्थित अलिव कबाव सुलतानेट रेस्टुरेन्टबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यका साथ खुलेको अलिवकबाव सुलतानेटसँगको यो सहकार्यपछि सिटिजन्स बैंकका कार्डबाहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको पनि व्यवस्था गरेको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट करिब सात लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरू डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया