नेप्से १४ अकंले बढ्यो, ५ अर्बमाथिको कारोबार

काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसूचक १४.५७ अकंले बढेको छ । कारोबारको अन्तिमसम्मा यस दिन परिसूचक ०.०२ प्रतिशतले बढेर २५२८.९२ बिन्दुमा पुगेर बन्द भएको छ ।

यस्तै आज सेन्सिटिभ परिसूचक ०.०९ अकंले बढेर ४४८.८९ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ समूहका कम्पनी मध्ये ७ समूहका समूहगत सूचक बढेका छन् । व्यापार, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र इन्भेटष्मेन्ट कम्पनीका सूचक हरियो भए पनि अन्य कम्पनीका सूचक घटेका छन् ।

यस दिन २ सय ८ कम्पनीका १ करोड २७ लाख ६ हजार कित्ता शेयर ५ अर्ब १४ करोड १८ लाख ९७ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिनको बजारमा सर्वाधिक कमाई साल्ट ट्रेडिङ कर्पोरेशनका सेयर धनीले गरेका छन् । दोस्रो स्थानमा चन्द्रागिरी हिल्स रहेको छ ।

आज साल्ट ट्रेडिङ कर्पोरेशनको १२ करोड ५८ लाख ९९ हजार ५ सय ४९ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया