अजोड इन्स्योरेन्सद्वारा आइएमई मोटर्स र आइएमई अटोमोटिभ्ससँग द्विपक्षीय सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्राइभेट लिमिटेड तथा आइएमई अटोमोटिभ्स प्राइभेट लिमिटेडबीच नगदरहित बीमा दाबीसहितको बीमा कारोबार गर्न द्विपक्षीय सम्झौता भएको छ ।

आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स प्रालि तथा आइएमई अटोमोटिभ्स प्रालिसँग सवारी साधनहरुको दुर्घटनाबापत बीमा दाबी प्रक्रियामा नगदरहित बीमा दाबीलाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र आइएमई मोटर्स र आइएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया