ज्योति विकास बैंक र इक्यानबीच सहकार्य

काठमाडौं । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य भएको छ । इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई बिनाधितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

नेपाल शैक्षिक परामर्श संघ नेपालको सबैभन्दा ठूलो गुणस्तरीय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो ।

आइतबार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल शैक्षिक परामर्श संघका तर्फबाट इक्यानका अध्यक्ष प्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँसम्मको बिनाधितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ। यस सम्झौतापश्चात् नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई ज्योति विकास बैंकको कर्जा सेवाले थप सहजता प्रदान गर्नेछ ।

प्रतिक्रिया