अब छिनभरमै कामना सेवाको अनलाइन खाता खोली कारोबार गर्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ‘केएस इन्स्टा’ नामक एक नवीनतम अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ ।

ग्राहकले बैंकको वेबसाइटमार्फत् केही मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा १ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने बैंकले जनाएको छ । उच्चतम ब्याजदरसहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निःशुल्क मोबाइल र इन्टरनेट बैंकिङको सुविधा दिइएको बैंकले बताएको छ।

बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाइभ कार्यक्रमका बीच बैंकका अध्यक्ष सुदीप आचार्यले यो खाताको शुभारम्भ गरे । कार्यक्रममा बैंकका सञ्चालक विश्वेशवर सुवेदीको पनि उपस्थिति थियो ।

कामना सेवा विकास बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, १ ऐक्सटेन्सन काउन्टर, ६६ वटा एटीएम एवं सोसियल मिडिया बैंकिङ प्लेटर्फममार्फत् ग्राहकलाई विविध किसिमका वित्तीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया