उर्लाबारी नगरपालिकालाई सुविधासम्पन्न दमकल हस्तान्तरण

काठमाडौँ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले उर्लाबारीमा एक कार्यक्रम गरी उर्लाबारी नगरपालिकामै पहिलो पटक सुविधा सम्पन्न दमकल हस्तान्तरण गरेको छ ।

कम्पनीका अनुसार सो दमकल नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त कार्यमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारीको उपस्थितिमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा र नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले एउटा दमकल हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख फागोले सुविधा सम्पन्न दमकल पाउँदा अत्यन्त खुसी लागेको बताए । आगलागीका घटना हुनासाथ नगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामको लागि दमकल उपयोगी सावित हुने विश्वास लिएको बताए ।

प्रतिक्रिया