मनिग्राम मार्फत् दुई सय बढी देशबाट ईसेवा मनी ट्रान्सफरको सेवा सुरु

काठमाडौं । अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेसनल र इसेवा मनी ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ ।

सम्झौतासँगै मनिग्रामका दुई सयभन्दा बढी देशका सेवाग्राहीहरूले आफ्ना परिवार, आफन्तजन तथा साथीभाइलाई आफूले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्ने बताइएको छ ।

साथै निकट भविष्यमा मनिग्राममार्फत् पठाएको नगद विप्रेषण ईसेवा मनी ट्रान्सफरको देशभर रहेका आठ हजारभन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिने र छिटै नै मनिग्राममार्फत् ईसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने व्यवस्था गरिने उल्लेख गरिएको छ ।

यस साझेदारीको आधारमा मनिग्राम र ईसेवा मनी ट्रान्सफरले खाडी मुलुक, संंयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, यूरोप, बेलायतलगायत दुई सयभन्दा बढी मुलुकका रहेका नेपाली सेवाग्राहीलाई रकम पठाउन थप सहज हुने विश्वास गरिएको ईसेवाका मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

कोइरालाले भने‚ ‘मनिग्रामसँगको सहकार्यले हामीलाई विश्वभर फैलिएर रहेका नेपाली आप्रवासीहरुको ठूलो समूहमा पुग्न मद्दत गर्नुका साथै नेपालमा पैसा पठाउने भरपर्दो माध्यमको हुने विश्वास छ । यो सम्झौताले अन्तर्राष्ट्रिय विप्रेषणलाई डिजिटलाइज गर्ने तथा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा थप टेवा पुर्‍याउनेछ।’

मनिग्राममार्फत् २०० भन्दा बढी देशहरुबाट सहज र सरल ढंगबाट पैसा पठाउन सकिनेछ भने ९० भन्दा बढी देशबाट डिजिटल माध्यमबाटै रकम पठाउन र भुक्तानी लिन सकिनेछ । मनिग्राम उच्च स्तरीय प्रविधिको प्रयोग गरी मोबाइल तथा एपिआई सञ्चालित प्लेटफर्मको माध्यमबाट हरेक वर्ष लाखौँ सेवाग्राहीहरुलाई डिजिटल तथा अन्य माध्यमबाट गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै ईसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई आठ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत् पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनी ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाखभन्दा बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

प्रतिक्रिया