गम्भीर आरोप लगाएर समर्थन फिर्ता नलिनु लाजमर्दो राजनीति : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाजमर्दो राजनीति गरिरहेको बताएका छन् ।

सोमबार ट्वीटरमार्फत् अध्यक्ष थापाले भनेका छन्–‘२ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘वर्षौदेखि विदेशीबाट पालित–पोषित एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ । यस्तो गम्भीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने । लाजमर्दो राजनीति ।’

यसअघि अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममै ओलीलाई वर्षौंदेखि विदेशीले पालिरहेको बताएका थिए ।

प्रतिक्रिया