राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले गरे स्वागत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका क्रममा ढाका पुगेकी छिन् । बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाका प्रस्थान गरेकी उनी हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

विमानस्थलमा राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले स्वागत गरेका थिए । त्यस क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको थियो । त्यहाँ राष्ट्रपति भण्डारीले राष्ट्रिय सहिद स्मृति, सभारमा सहिदप्रति श्रद्धाञ्जलीका गरेकी छिन् ।

उनले आजै राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया