महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा कोहलपुरमा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कोहलपुरमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गरेको छ ।

कम्पनीले शुक्रबार सम्पन्न गरेको तालिम कार्यक्रममा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र साविक राप्ति अञ्चलअन्तर्गतका २२ जना प्रमुखको सहभागिता रहेको थियो ।

अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैंक र बीमाको माध्यमले शुद्धीकरण गर्ने गरिएको छ ।

यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यससम्बन्धी कानुनी व्यवस्था, शुद्धीकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रक्रिया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो ।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी उक्त तालिम प्रदान गरेका थिए।

दुई दिने उक्त तालिम कार्यक्रमको पहिलो दिन चैत्र ५ गते कार्यालय प्रमुखहरुलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख शान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेका थिए ।

प्रतिक्रिया