‘बास्किनरोबिन्स‚ आइसक्रिम उद्योगमा नवीनतम उदाहरण’

काठमाडौं । सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालिका अध्यक्ष सौरभ ज्योति नेपालमा रहेका आफ्ना ग्राहकहरुका लागि उत्कृष्ट डेजर्ट पस्किन सधैं अगाडि छन् ।

नेपालका ११ वटा शहरमा १६ भन्दा बढी रिटेल आउटलेट रहेको ‘बास्किन रोबिन्स’ लाई सन् इन्टरनेसनल इन्कर्पोरेटेड प्रालिको साझेदारीमा ज्योति ग्रुपले बजार व्यवस्थापन गर्दै आएको छ ।

विश्वमै सबैभन्दा बढी रुचाइने आइसक्रीम ट्रीट ब्रान्ड बन्ने र नेपालमा स्वादिष्ट अनि उत्कृष्ट आइसक्रिम ब्रान्ड हुने लक्ष्य लिएर अघि बढेको र गुणस्तरीय उत्पादनहरूका साथै नवीनतम र सुविधादायक सेवा प्रदान गर्ने अठोट लिएको कम्पनीले जनाएको छ ।

सन् २०१७ देखि सन् इन्टरनेसनल इनकर्पोरेटेड प्रालिको नाममा ज्योति ग्रुपले एएमसिजी उद्योगको स्थापना गरेको हो । वर्षौंदेखि आइसक्रीमको कारोबार गर्दै आएको सन् इन्टरनेसनल इनकर्पोरेटेड प्रालिले द्रूत गतिमा नेपालभर आफ्नो वितरण च्यानल र कार्यालयहरूको विस्तार गर्दै आएको कम्पनीले जनाएको छ ।

सन् इन्टरनेसनल इनकर्पोरेटेड प्रालिले हस्पिटालिटी तथा रिटेल उद्योगमा उत्कृष्ट एवं प्रशिक्षित टीम भएको एक समर्पित ब्रान्ड भएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार बास्किनरोबिन्स आइसक्रीम उद्योगमा नवीनतम उदाहरण हो । हरेक पटक नयाँ स्वाद प्रदान गर्नका लागि विभिन्न विकल्पहरू पस्किदै आएको,जस अन्तर्गत फ्याट कम भएको लो क्यालोरी आइसक्रीम, अतिरिक्त चिनी नभएको, डेरी रहित आइसक्रीम फ्लेवरहरु, सेकका विभिन्न प्रकारहरु, सन्डिज्, बार्स, बेल्जियम वाफल र चोको लाभा पर्ने कम्पनीले जनाएको छ । ब्रान्डले निरन्तर रुपमा आइसक्रीम केक तथा अन्य नयाँ उत्पादहरुमा समेत नवीकरण गर्दै जाने कम्पनीले बताएको छ ।

ग्लोबल मापदण्डहरुबाट प्रेरित हुँदै उत्तर ढोकामा अवस्थित यस ब्रान्डको फ्लागसिप स्टोर मार्फत ग्राहरुहरुले ३१ वटा विभिन्न फरक स्वादहरुको मजा लिन सक्ने कम्पनीले जनाएको छ । साथै दैनिक रुपमा एक व्यवस्थित खाना सुरक्षा योजना कायम गरेको जुन दैनिक अडिट्सले प्रमाणित समेत गर्ने कम्पनीको दाबी छ ।

प्रतिक्रिया