३० मिलियन डलरकाे बण्ड जारी गर्नेबारे नेप्सेलाई निफ्राकाे स्पष्टिकरण

काठमाडौं । नेपाल इफ्रास्टक्टर बैंक लिमिटेड (निफ्रा)ले ३० मिलियन डलरको बण्ड जारी गर्ने र लण्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने विषयमा नेपाल स्टक एक्चेञ्ज (नेप्से)लाई स्पष्टिकरण दिएको छ ।

उक्त बण्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै एक हिस्सा भएको र बैंकले आफ्नो वार्षिक प्रतिवेदन तथा विवरणपत्रमा समेत यसअघि नै उक्त विषय स्पष्ट पारिसकेको जवाफ नेप्सेलाई पठाएको छ ।

‘उक्त बण्ड जारी गर्ने विषयमा बैंकले सम्बन्धित निकायहरुबाट अनुमति समेत लिइसकेको स्पष्ट पारेको छ । बैंकले अमेरिकी डलरमा उक्त बण्ड जारी गर्ने, आर्थिक वर्ष २०७७/७८ मा ८ प्रतिशत लाभांश वितरण गर्ने जस्ता विषय यसअघि नै खुलस्त पारिसकेको समेत बैंकले जनाएको छ ।

नेप्सेले भने बैंकले बण्ड जारी गर्ने विषय र लाभांश वितरण गर्ने विषयमा सञ्चार माध्यममा आएको समाचारले कम्पनीको सेयर मूल्य तथा सेयर बजारलाई प्रभावित पार्ने भन्दै त्यसबारे ३ दिनभित्र लिखितरुपमा स्पष्ट पार्न निर्देशनसहित स्पष्टिकरण सोधेको थियो ।

यस्तो छ नेप्सेले सोधको स्पष्टिकरण र निफ्राको जवाफ

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977065276″ /]

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977065277″ /]

 

प्रतिक्रिया